२०८२ साउन १९, सोमवार , ०५:११:३७ बजे

Sajhamanch
'

विदेश गएका महिला श्रमिकको ज्यान गएपछि परिवार सङ्कटमा

सोमवार, साउन १९, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली महिला श्रमिकहरूको मृत्युपछि उनीहरूका परिवार सामाजिक, मानसिक र आर्थिक सङ्कटमा परेको एक प्रतिवेदनले देखाएको छ ।

महिला पुनर्स्थापना केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले राज्यको गैरजिम्मेवारी र संवेदनहीनताका कारण वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका महिलाको मृत्यु भएपछि उनीहरूको परिवार सङ्कटमा पर्ने गरेको देखाएको हो । १७ वटा घटनामा गरेको अध्ययनले महिला श्रमिकको मृत्युमा राज्यको उपस्थिति नगण्य रहेको देखाएको छ ।

मृतक महिला श्रमिकको शव नेपाल ल्याउन समय लाग्ने, खर्चिलो प्रक्रिया र नेपाली दूतावासहरूको सीमित सहयोग मात्रै पाइने गरेको उनीहरूका परिवारले गुनासो गरेका छन् ।

प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको शिलशिलामा महिला श्रमिकको मृत्यु भएपछि साना बालबालिका र अभिभावक गम्भीर मानसिक समस्याबाट पीडित हुने गरेका छन् । राज्यले सहयोग नगर्दा वैदेशिक रोजगारीका लागि लिएको उच्च ब्याजको ऋण तिर्न नसक्दा परिवारहरू घरजग्गा बेच्न, बसोवास छाड्न बाध्य भएका छन् ।

अनौपचारिक माध्यमबाट गएकी महिलाको मृत्यु भएको खण्डमा परिवारले सामाजिक लाञ्छना र बहिष्कारसमेत भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक च्यानलमार्फत गएका महिलाहरूको मृत्युपछि शव ल्याउने प्रक्रिया अत्यन्त जटिल र अपारदर्शी रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर