२०८२ असार १६, सोमवार , ०२:४४:१९ बजे

Sajhamanch
'

एसईई : झापाका ३१ जना विद्यार्थीले ल्याए ४ जीपीए

सोमवार, असार १६, २०८२

झापा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा झापा जिल्लाका विभिन्न विद्यालयबाट कुल ३१ जना विद्यार्थीहरूले ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्।

देशभरबाट ९७१ जनाले ४ जीपीए ल्याएका छन्, जसमा झापाको योगदान महत्त्वपूर्ण रहेको छ। झापामा सबैभन्दा बढी ४ जीपीए ल्याउने विद्यालयमा सामुदायिकतर्फ बिर्तामोड–२ को मोहनमाया माध्यमिक विद्यालय रहेको छ।

यस विद्यालयका चारजना विद्यार्थीहरू अनुपमा निरौला, अनुराग लुइटेल, अश्विन लुइटेल र एलिना तिम्सिनाले पूर्ण जीपीए ल्याएका हुन्।

संस्थागत विद्यालयतर्फ इमिनेन्ट कंचनजंघा इङ्गलिस बोर्डिङ स्कुल, गौरादहका पनि चारजना विद्यार्थीहरूले ४ जीपीए ल्याउन सफल भएका छन्। उनीहरूमा हेमन्त राजवंशी, कुशल लिम्बू, मुना पाण्डे र रोशिका राजवंशी रहेका छन्।

त्यसैगरी, बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउन्डेशनका अंकित कटुवाल र ह्रदयप्रसाद शिवाकोटीले ४ जीपीए ल्याएका छन्। बिर्तामोडकै अनारमनी लिबर्टी स्कुलका सरोज निरौला र सौरव अग्रवालले पनि उत्कृष्ट नतिजा हासिल गरेका छन्।

दमकस्थित सिद्धार्थ बोर्डिङका अपेक्षा लुइटेल र अर्पण ढकाल, गौरादहका माउन्ट एभरेष्ट माविका अर्पण रोय र जेनिश कोइरालाले पनि ४ जीपीए प्राप्त गरेका छन्।

त्यस्तै, दमककै हिमालय माविका एन्जल लुइटेल र अवसर शर्मा तथा गौरादह–७ स्थित नमूना अंग्रेजी माध्यमिक विद्यालयका एलिसा सापकोटा र सुमेधा कोइरालाले पनि पूर्ण जीपीए हासिल गरेका छन्।

४ जीपीए ल्याउने अन्य विद्यार्थीहरूमा बिर्ताबजारकी महेन्द्ररत्न माविकी विद्या दाहाल, चन्द्रगढीका वीरेन्द्र माविका दीप मोते, प्रज्ञा एकाडेमीकी मिनुकुमारी दास कर्ण, मेचीनगरकी इस्ट होराइजन माविकी अन्वेषा श्रेष्ठ, गौरीगञ्जकी ज्ञानोदय आवासीय माविकी सलिना कार्की, गौरीगञ्जकै ज्ञानकुञ्ज एकाडेमीका सागर राउत, दमककी मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कुलकी नेहारिका शर्मा, चन्द्रगढीका नेशनल मेरीगोल्ड इङ्गलिस बोर्डिङ स्कुलका प्रनिल सत्याल, दमकका झापा मोडल इङ्गलिस सेकेन्डरी स्कुलका प्रज्वल पौडेल, अर्जुनधाराका लक्ष्मी सेकेन्डरी स्कुलका आशुतोष ढुगेल, र मेचीनगरकी पारिजात इङ्गलिस बोर्डिङ स्कुलकी नुब्सा लिम्बू रहेका छन्।

सम्बन्धित खबर