
झापा । भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।
२४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।
उडान भरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको र उद्धार टोली घटनास्थलमा पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक भिडियो अनुसार दुर्घटनास्थलमा धूवाँको मुस्लो देखिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।