२०८२ वैशाख १७, बुधवार , ०८:४५:३२ बजे

Sajhamanch
'

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।

सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।

‘९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ’ वार्तामा सहभागी एक सदस्यले भने ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ ।

सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।

सम्बन्धित खबर