२०८१ चैत ३, आइतवार , ०४:४३:१७ बजे

Sajhamanch
'

काम खोज्दै ८ महिनामा विदेशिए ५ लाख ३४ हजार नेपाली

आइतवार, चैत ३, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४७१ युवाले देश छाडेको देखिन्छ ।

यो संख्या गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो । अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो ।

नेपालबाट अहिले मासिक औसत ६६ हजार ८०८ युवा काम खोज्दै विदेशिने गरेका छन् । प्रतिदिन औसत २ हजार २२७ युवाले देश छाडेको देखिन्छ ।

यूएई मुख्य गन्तव्य

यस वर्ष नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स ९यूएई० रहेको छ । विभागका अनुसार फागुनमा मात्र यूएईका लागि २५ हजार १ स य१७ जनाले श्रम स्वीकृति लिएका छन् । योसँगै ८ महिनामा यूएईका लागि कुल १ लाख ७३ हजार २५० जनाले श्रम स्वीकृति लिएका छन् ।

यस वर्ष विदेशिएका कुल युवामध्ये यूएई गएको संख्या ३२.४१ प्रतिशत छ । यूएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया प्रमुख गन्तव्य रहेको देखिन्छ ।

यद्यपि, यस वर्ष मलेसियाको रोजगारीमा भने भारी गिरावट आएको छ । गत वर्ष प्रमुख गन्तव्य मलेसिया रहेकोमा यस वर्ष पाँचौं स्थानमा झरेको छ । यस वर्ष फागुनमा जम्मा ३ हजार ७१५ युवाले मात्र मलेसियाका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।

जापानमा १ हजार ९६६ र कोरियामा १ हजार ८८३ जनाले श्रम स्वीकृति लिएका छन् । क्रोएसिया, रोमानिया, ओमान, बहराइन समेत धेरै नेपाली श्रम गर्न जाने देशमा पर्छन् ।

घटेन अदक्ष कामदारको विदेश यात्रा

यस वर्ष पनि नेपालबाट अदक्ष कामदारको विदेश यात्रा घट्न नसकेको तथ्यांकले देखाएको छ । फागुनमा मात्र २० हजार ८२४ अदक्ष कामदार विदेशिएका छन् । माघमा यो संख्या २२ हजार ३७४ थियो ।

त्यस्तै पुसमा २० हजार ५६६ अदक्ष कामदारले श्रम स्वीकृति लिएका थिए । मंसिरमा अदक्ष कामदार संख्या २१ हजार ७१६ थियो । कात्तिकमा यो संख्या १५ हजार ९७१ थियो ।

कुन महिना कति विदेशिए

यस वर्ष साउनमा ५९ हजार ५७५ जना विदेशिएको तथ्यांक छ । भदौमा ५७ हजार ४९३, असोज ५३ हजार ५२५, कात्तिक ७० हजार ९९०, मंसिर ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जना विदेशिएका थिए ।

त्यस्तै माघमा ७२ हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् । चाडबाड लगत्तै नेपालीहरू बढी विदेश जाने गरेको ट्रेन्ड देखिन्छ ।

 

सम्बन्धित खबर