२०८१ फागुन १९, सोमवार , ०८:५३:०८ बजे

Sajhamanch
'

ओस्कारमा ‘अनोरा’ले उत्कृष्ट फिल्मसहित जित्यो पाँच अवार्ड

सोमवार, फागुन १९, २०८१

काठमाडौं । अमेरिकाको लस एन्जलसमा ९७औं ओस्कर अवार्डको घोषणा गरिएको छ । यस वर्षको ओस्कारमा फिल्म ‘अनोरा’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।

डार्क कमेडी फिल्म ‘अनोरा’का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कार जितेका छन् । यसपटक ओस्कारमा फिल्म अनोराले कुल पाँच अवार्ड जितेको छ । जसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन रहेका छन् ।

त्यस्तै, ‘द ब्रुटालिस्ट’का लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म ‘अनोरा’का लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

त्यस्तै, फिल्म ‘एमिलिया पेरेज’का लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् ।

त्यस्तै, ब्राजिलियन फिल्म ‘आइ एम स्टिल हियर’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने फिल्म ‘द ब्रुटालिस्ट’ले उत्कृष्ट छायांकनका लागि ओस्कार जितेको छ ।

त्यसैगरी, ‘आइ एम नट अ रोबोट’ डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने ‘एल माल’ले एमिलिया पेरेजको लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ ।

त्यस्तै, फिल्म ‘विक्ड’ले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ भने फिल्म ‘अनोरा’ ले उत्कृष्ट मौलिक पटकथाको ओस्कार पनि जितेको छ ।

लस एन्जलसको आगलागीले यस क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि भव्य रुपमा आयोजना गरिएको ९७औं ओस्कार समारोहमा लस एन्जलसका अग्निनियन्त्रकहरूलाई पनि मञ्चमा बोलाइएको थियो र मानिसहरूले ताली बजाएर स्वागत गर्दै उनीहरुलाई धन्यवाद दिइएको थियो ।

कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानलाई पनि सम्झिएको थियो । केही दिन अघि मात्र ह्याकम्यानको मृत्यु भएको थियो ।

यस वर्ष डेडपूल र वोल्भरिन बीचको जबरदस्त भिडन्तले फ्यानहरूलाई धेरै रोमाञ्चित गर्यो । फिल्म इनसाइड आउट २ ले बक्स अफिसको रेकर्ड तोड्यो भने, जोकरको सिक्वेलले उस्तै सफलता हासिल गर्न सकेन । यस वर्ष नेटफ्लिक्सको फिल्म ‘एमिलिया पेरेज’ले सबैभन्दा धेरै मनोनयन पाएको थियो ।

सम्बन्धित खबर