२०८१ फागुन १०, शनिवार , ०५:०८:५९ बजे

Sajhamanch
'

प्रधानमन्त्री पत्नी राधिकाको आत्मकथा ‘करुणा’ लोकार्पित, मन्तब्यमा भनिन् ‘ओलीजति मिहिनेती अरु छैनन्’

शनिवार, फागुन १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । काठमाडौंमा आज प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले)का उप महासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माद्वारा उक्त पुस्तक लोर्कापण गरिएको हो ।

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहको हलमा उक्त पुस्तक लोर्कापण गरिएको हो । पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोर्कापण समारोहमा मन्त्रीहरु एवंम उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन् ।

पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा एमालेका तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख छ ।

यसैबीच राधिका शाक्यले प्रधानमन्त्री ओलीको मिहिनेतको प्रशंसा गरेकी छन् । उनले कतिपयले ओलीलाई अल्छी भनेर गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।

ओलीलाई कतिपयले अल्छी भन्ने, एताको सिन्को उता नसार्ने भनेर कमेन्ट गर्ने गरेको आफूले पनि सुनेको भन्दै उनले यो प्रशंग कोट्याएकी थिइन् ।

‘मलाई भन्न मन लागेको छ । हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म उहाँ काम गरिरहनु भएको थियो । उहाँ कोठामा आउँदा साढे चार बजे, सायद सुत्दा बिहान पाँच बजेको थियो होला,’ उनले प्रश्न गरिन्, ‘उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ?’

उनले ओलीजस्तो मिहिनेती मान्छे विश्वमै नभएको बताएकी छन् । ‘मेरो परिभाषामा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैन होला’ उनले थपिन्, ‘उहाँको जीवनको आधाआधी समय ३७, ३८ वर्ष त उहाँको एकदम नजिक बसेर, उहाँका सम्पूर्ण गतिविधि हेर्दै आएको साथी हुँ नि । मैले जति त उहाँलाई कसले बुझेको होला र भन्ने मलाई लाग्छ ।’

कमेन्ट गर्न पायो भन्दैमा, होच्याउन पायो भन्दैमा अलिकति पनि नमिल्ने ढंगले कमेन्ट गर्नु ठीक नभएको भन्दै उनले कमेन्ट पनि सत्यताको नजिक पुग्नुपर्ने बताइन् ।

सम्बन्धित खबर