२०८१ कार्तिक ५, सोमवार , ०८:१५:१९ बजे

Sajhamanch
'

त्रिवि स्नातक तहको प्रश्नपत्र अबदेखि अंग्रेजी–नेपाली भाषामा हुने

सोमवार, कार्तिक ५, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको परीक्षामा अबदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र‍ तयार पार्नुपर्ने भएको छ ।

त्रिविका सहकूलपति तथा संघीय शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविले वार्षिक परीक्षा प्रणालीअन्तरगतका सबै संकायमा स्नातक तहका प्रश्नपत्र नेपालीमा पनि हुने जानकारी गराएकी हुन् । हाल त्रिविका प्रश्नहरू अंग्रेजी भाषामा मात्रै सोधिँदै आएका छन् ।

आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको हो । उक्त व्यवस्था अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको छ, मन्त्री भट्टराईले जानकारी दिइन् ।

त्रिविका परीक्षामा प्रश्नपत्र अंग्रेजी भाषामा मात्रै सोधिँदा समस्या उत्पन्न भएको भन्दै संसद्‌मा पनि प्रश्न उठेको थियो ।

सम्बन्धित खबर