२०८१ असोज २४, बिहिवार , ०५:१८:२१ बजे

Sajhamanch
'

शेयर बजार ५५ अङ्कले घट्यो, कारोबार रकम १० अर्ब रुपैयाँ पनि पुगेन

सोमवार, भदौ २४, २०८१

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज उन्नति सहकार्य लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर भने झन्डै नौ प्रतिशतले बढेको छ ।

आज ३२७ वटा कम्पनीका २ करोड १० लाख कित्ता शेयर ९ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सोमवार, भदौ २४, २०८१ | अर्थतन्त्र, समाज