२०८१ कार्तिक १, बिहिवार , ०३:५२:५२ बजे

Sajhamanch
'

फिलिपिन्समा ताइफु आँधीका कारण २२ जनाको मृत्यु

बिहिवार, साउन १०, २०८१

झापा । गेईमी ताइफुको कारण आएको बाढी र पहिरोमा परेर फिलिपिन्समा २२ जनाको मृत्यु भएको छ । डुबेर वा पहिरोमा पुरिएर मृतकको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार त्यहाँ कम्तीमा तीन जना बेपत्ता छन् ।

ताइफुको कारण ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ । २२० जना घाइते भएको खबर छ । ताइफुको प्रभावले त्यहाँका न्यून तटीय क्षेत्र डुबानमा परेका थिए भने पहिरोका कारण घर र पसलहरूमा क्षति पुगेको छ ।

बिहीबार लगातार दोस्रो दिन पनि ताइवानमा विद्यालय र कार्यालयहरू बन्द भएका छन् । सर्वसाधारणलाई घरभित्रै बस्न र तटीय क्षेत्रबाट टाढा रहन भनिएको छ । ताइवान बेला बेलामा ताइफुको चपेटामा परिरहन्छ ।

त्यहाँको सरकारले चेतावनी प्रणाली पनि बलियो बनाएको छ । तर भौगोलिक बनावट, उच्च जनघनत्व र हाई–टेक अर्थतन्त्रका कारण यस्तो खालको क्षति टार्न कठिन भइरहेको बताइएको छ ।

सम्बन्धित खबर