२०८१ कार्तिक १०, शनिवार , ०७:२२:५१ बजे

Sajhamanch
'

संविधानमा संशोधन गर्ने विषयको छलफल सकिएको छैन : अध्यक्ष ओली

बुधवार, असार २६, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन–कुन विषय संशोधन गर्ने भन्नेबारे छलफल भइनसकेको बताएका छन् ।

राष्ट्रिय हितहरुको रक्षा र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने सैद्धान्तिक सहमति भएको उनले बताए ।

बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निजी र दलगत स्वार्थलाई केन्द्रमा राख्ने, ४ सिट भएका दलले पनि मुख्यमन्त्री दाबी गर्ने अस्वभाविक खेलहरु भएको बताए ।

तर, एमाले र कांग्रेसबीच भएको सहमतिबारे भ्रम फैलाइएको उनले बताए ।

संविधानप्रति ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने प्रयास स्वीकार्य नभएको भन्दै अध्यक्ष ओलीले भने, ‘संविधानको समयानुकूल परिमार्जित हुँदै जानुपर्छ, त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौं ।’

यद्यपि कुन–कुन बुँदामा संशोधन गर्ने भन्ने छलफल भइनसकेको उनले बताए । के–के सुधार गर्ने भन्ने अनुभवका आधारमा तय गर्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो–यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं, कसैको नेतृत्वमा आयोग बन्ने पनि भएको छैन ।’

सम्बन्धित खबर