२०८१ कार्तिक १०, शनिवार , ०१:०८:३४ बजे

Sajhamanch
'

केबी उप्रेतीविरुद्ध २४० बचतकर्ताले दिए जाहेरी, ८ अर्ब १८ करोड जोखिममा

बुधवार, असार २६, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

उनी १९ असारमा बालाजुबाट पक्राउ परेका थिए । उप्रेतीमाथि पाँच वटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप छ ।

उनी आइडियल यमुनाको पनि अध्यक्ष हुन् । सो सहकारीको केन्द्रीय कार्यालय सुकेधारामा छ । उजुर गर्नेहरूको चाप बढेपछि अनुसन्धान फाइल प्रहरी वृत्त महाराजगन्जबाट भद्रकालीस्थित परिसरमा झिकाइएको छ ।

उनीविरुद्ध २४० जना बचतकर्ताले सहकारीको बचत अपचलन गरेको कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । अहिलेसम्मको तथ्यांकअनुसार पीडितहरूले ९ करोड बिगो असुल उपर गर्न माग गरेका छन् ।

जाहेरी दर्ता हुने क्रम जारी रहेको उनले बताए ।

सम्बन्धित खबर