२०८१ साउन ११, शुक्रवार , ०१:३६:३९ बजे

Sajhamanch
'

रोङ गट ट्यालेन्टः प्रारम्भिक चरणको छनोट प्रक्रिया शुरु

सोमवार, जेठ २८, २०८१

इलाम । रोङ प्रतिभाको खोजी अन्तर्गत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनोट प्रक्रिया शुरु भएको छ ।

रोङ गाउँपालिकाभित्र रहेका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उद्देश्यले सो पालिकाले गायन, नृत्य र कविता विधामा आइतवारबाट पहिलो चरणको छनोट प्रक्रिया थालेको हो ।

उक्त पालिकाको ६ नम्बर वडा कार्यालयबाट प्रारम्भिक चरणको छनोट प्रक्रिया शुरु गरिएको जनाइएको छ । रोङ प्रतिभाको खोजी निर्देशक समितिको आयोजना, रोङ गाउँपालिकाको आर्थिक सहयोग र रोङ विद्यार्थी एकता समितिको सह–आयोजनामा सो कार्यक्रम शुरु भएको हो ।

उक्त कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणको छनोट प्रक्रिया ४ दिनसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

छनोट कार्य जेठ २७ गते ६ नम्बर वडा कार्यालय, जेठ २८ गते ४ र ५ नम्बर वडा कार्यालय, जेठ २९ गते ३ नम्बर वडा कार्यालय हुँदै जेठ ३० गते १ र २ नम्बर वडा कार्यालयमा समापन हुने छ ।

सोमवार, जेठ २८, २०८१ | समाज, सासंक

सम्बन्धित खबर