२०८१ साउन ११, शुक्रवार , ०४:०३:१९ बजे

Sajhamanch
'

मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ

आइतवार, जेठ २७, २०८१

काठमाडौं । काठमाडौंको माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्रप्रसाद गेलाल र सदस्य शरदकुमार अधिकारी छन् । आरोपीहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

मेगा ड्रिमका सञ्चालकहरुविरुद्ध २१ करोड २ लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

बागमती प्रदेशस्थित संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानूनी कारबाही गर्न ४ मंसिर २०८० मा पत्राचार गरेको थियो ।

२०८० फागुन २९ मा प्रहरी वृत्त बौद्धमा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको थियो

सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाईं फरार छन् । प्रहरीले उनलाई फरार प्रतिवादी कायम गरेको छ ।

सहकारी सञ्चालकहरूविरुद्ध १६२ जना बचतकर्ताले जाहेरी दिएका छन् । माछापोखरीमा मुख्य कार्यालय भएको सो सहकारीले थानकोट, कालीमाटी, न्यूरोड, चाबहिल, जोरपाटी, गठ्ठाघर र चापागाउँ दोबाटोमा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खबर