२०८१ साउन १२, शनिवार , ०८:१५:३१ बजे

Sajhamanch
'

गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । गाँजाको व्यावसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलवार बजेट सार्वजनिक गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने घोषणा गरेका हुन् । अहिलेसम्म गाँजाको औषधोपचार बाहेक व्यावसायिक उत्पादनका खेती गर्न नपाइने कानूनी व्यवस्था छ ।

गाँजालाई लागूऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानूनी व्यवस्था गर्ने उल्लेख गरेको हो ।

सम्बन्धित खबर