२०८१ साउन १२, शनिवार , ०६:४९:५१ बजे

Sajhamanch
'

पिकअप भेनको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलवार, जेठ १५, २०८१

शिवसताक्षी । शिवसताक्षीमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ६० वर्षीय पुत्रथाम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाका उनलाई आइतवार राति साढे ८ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–९ को मिलनचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२७ च ११२१ नम्बरको पिकअप भेनले ठक्कर दिएको थियो ।

टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उद्धार गरी बिर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याएको थियो ।

उनको सोही हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक शिवसताक्षी–९ का २८ वर्षीय अंकित चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मङ्गलवार, जेठ १५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर