२०८१ साउन १२, शनिवार , १०:१७:४१ बजे

Sajhamanch
'

महेन्द्ररत्न माविका विद्यार्थीले लिए वित्तीय साक्षरता तालिम, विद्यालयलाई शैक्षिक सामग्री

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । यहाँस्थित महेन्द्ररत्न माविमा गठित एनएमसी स्टुडेन्ट सेभिङ क्लबमा आबद्ध एवं अन्य विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण एवं विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को युवा तथा विद्यार्थी सरोकार उपसमितिले शुक्रवार आयोजना गरेको कार्यक्रममा एनएमसीको शिक्षा तथा तालिम उपसमितिका सदस्य गोपाल काफ्लेले सहजीकरण गरेका थिए ।

प्रमुख प्रशिक्षक काफ्लेले सहभागी विद्यार्थीलाई वित्तीय साक्षरतासँग सम्बन्धित विविध विषयमा जानकारी गराएको कार्यक्रममा संस्थाको सैनिक मोड कार्यालयगत उपसमिति सदस्य सुनिता निरौलाले शाब्दिक स्वागतसहित अभिमुखीकरणको आवश्यकता र औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, संस्थाको सैनिक मोड कार्यालयगत उपसमिति सदस्य भूमादेवी न्यौपाने लगायतको उपस्थिति थियो ।

संस्थाको सैनिक मोड कार्यालयगत उपसमिति संयोजक देवीप्रसाद दाहालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन संस्थाको सैनिक मोड सेवाकेन्द्र प्रमुख गीता खड्काले गरेकी थिइन् ।

सम्बन्धित खबर