२०८१ जेठ ५, शनिवार , १२:५३:३३ बजे

Sajhamanch
'

इजरायलले रफाह शहरका सर्वसाधारणलाई बाहिर निकाल्न थाल्यो

सोमवार, वैशाख २४, २०८१

इजरायली सेनाले गाजाको दक्षिणी भेगमा रहेको रफाह शहरबाट स्थानीयवासीलाई हटाउन शुरु गरेको छ । १० लाख जनाभन्दा धेरै प्यालेस्टिनीले शरण लिइरहेको शहर रफाहमा आक्रमण गर्नका लागि सर्वसाधारणलाई निकाल्न शुरु गरेको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजिप्टको राजधानी कायरोमा दुई दिनसम्म चलेको वार्ता असफल भएपछि इजरायली सेनाले आक्रमणलाई तीव्रता दिँदै रफाह शहरमा व्यापक आक्रमण गर्ने तयारी गरेको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी विद्रोही समूह हमासलाई पराजित गर्नका लागि रफाह शहरमा आक्रमण गर्नैपर्ने बाध्यता रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

रफाहमा आक्रमण गर्दा हजारौँ सर्वसाधारणको ज्यान जाने भन्दै मानव अधिकारसम्बन्धी सङ्गठनहरूले आक्रमण नगर्न इजरायलसँग अनुरोध गरेका छन् । तर इजरायलले हमासको अन्त्यका लागि रफाहमा आक्रमण बाध्यता रहेको भन्दै सर्वसाधारणमा हुने क्षति रोक्न पहल गर्ने र उनीहरूलाई टेन्ट, खाद्यान्न, पानी, औषधिलगायतका वस्तु उपलब्ध गराउने बताएको छ ।