२०८१ जेठ ५, शनिवार , ०१:४७:४३ बजे

Sajhamanch
'

भारतमा ट्र्याक्टर पल्टिँदा ५ जनाको मृत्यु

सोमवार, वैशाख २४, २०८१

मध्य प्रदेश । भारतको मध्य प्रदेश राज्यको जबलपुरबाट ट्र्याक्टर पल्टिएको छ । तीव्र गतिमा गइरहेको ट्र्याक्टर पल्टिँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना नाबालिग र एक जना १८ वर्षका युवक भएको बताइएको छ ।

घटना जबलपुरको चारगवान प्रहरी चौकी अन्तर्गत पर्ने तिनेटा गाउँमा भएको हो । ट्र्याक्टर पल्टिँदा अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

तीव्र गतिका कारण ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको हो । ट्र्याक्टरमा सवार सबैजना ट्र्याक्टरमुनि आएका थिए ।

सम्बन्धित खबर