२०८१ जेठ ६, आइतवार , १०:३२:०५ बजे

Sajhamanch
'

जीवनलाई आफूसँग एकाकार गर्ने ‘लय विज्ञान’ शुरु

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । मानिसलाई आफूसँग एकाकार गर्दै ईश्वरीय तत्वसँग साक्षात्कार गराउने लय विज्ञान कार्यक्रम आइतवारदेखि शुरु भएको छ ।

जीवन विज्ञानको आयोजनामा वैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा शुरु भएको ७ दिवशीय ध्यान साधनामुखी कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपाल र एल पी भानु शर्माले मानिसलाई आफूसँग एकाकार हुन वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराउने छन् ।

जसले मानिसले आफ्नो गन्तव्य पत्ता लगाई लक्ष्यमा अगाडि बढ्न मद्दत र मार्गदर्शन गर्दछ । विशेषज्ञद्वयले योग, ज्ञान र ध्यानका माध्यमबाट सहभागीलाई आफूसँग एकाकार गराई जीवन, जगत र ईश्वरीय तत्वबीचको अन्तरसम्बन्ध स्पष्ट गर्ने छन् ।

साथै, मानिसले आफूमा भएको क्षमताको पहिचान गर्ने, स्वबोध गर्ने र जीवनलाई सर्वकल्याणका लागि प्रयोग गर्ने विधिहरूको प्रयोग र अभ्यास उनीहरुले गराउने छन् ।

जसबाट मानिसले आफूमा रहेका शारीरिक, मानसिक र भावनात्मक कमजोरीहरू हटाउन र सकारात्मक र ऊर्जाशील जीवन ज्यून सहज बनाउनेछ ।

सो कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवसायी, विद्यार्थी लगायत विभिन्न क्षेत्रका ४०० बढी व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट सहभागी भएका बताइएको छ ।

सम्बन्धित खबर