२०८१ जेठ ५, शनिवार , १०:४२:४३ बजे

Sajhamanch
'

महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौं संस्करणको महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।

अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी–२० विश्वकपका लागि १० वटा टीमलाई दुईवटा समूहमा बाँडिएको छ । भारत, अष्ट्रेलिया, न्यूजील्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टीम समूह ‘ए’ मा छन् ।

यस्तै, दक्षिण अफ्रिका, इङल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर–२ को टीम समूह ‘बी’ मा छन् । क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेको टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।

सम्बन्धित खबर