२०८१ जेठ ५, शनिवार , ११:४६:३९ बजे

Sajhamanch
'

गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

आइतवार, वैशाख २३, २०८१

Aगाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ । तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । शनिवार शुरु भएको वार्तामा खासै प्रगति नभएको तर आइतवार पनि वार्ता जारी रहने खबरमा उल्लेख छ ।

इजिप्ट र कतारको मध्यस्थतामा फेरि शुरु भएको वार्ताका लागि हमासको टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो । वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव राखिएको बताइएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा शुरु भएको युद्धमा अहिलेसम्म ३४ हजार जनाभन्दा धेरैको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।