२०८१ जेठ ५, शनिवार , १०:३५:५५ बजे

Sajhamanch
'

ब्राजिलमा बाढी : ५७ जनाको मृत्यु, ३७३ बेपत्ता

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् ।

हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । बाढीले धेरै स्थानका सडक र पुल बगाएको छ । बस्तीहरु डुबानमा परेका छन् । राज्य ४९७ सहरहरुमध्ये दुई तिहाई बढी प्रभावित भएका छन् । सीएनएनले २८१ नगर प्रभावित भएको जनाएको छ ।

ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रुप लिएर सडक र बस्ती डुबाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार यसबाट ६७ हजार जनसंख्या प्रभावित भएको छ । १० हजार जना विस्थापित भएका छन् ।