२०८१ जेठ ५, शनिवार , ०८:३५:४५ बजे

Sajhamanch
'

वाइसीएलको झापा जिल्ला अध्यक्षमा शाही सर्वसम्मत

आइतवार, वैशाख २३, २०८१

बिर्तामोड । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को झापा जिल्ला अध्यक्षमा डेबिट शाही सर्वसम्मत चयन भएका छन् ।

शनिवार बिर्तामोडमा सम्पन्न उक्त संगठनको छैठौँ जिल्ला भेलाले शाहीको नेतृत्वमा ७५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा हिमाल विष्ट, उपाध्यक्षद्वयमा विनोद नेम्बाङ तथा बुद्धिमान तामाङ, सचिवमा जनक ल्वागुन, सहसचिवमा प्रेम राना मगर, रुद्र राउत, सन्तोष विश्वकर्मा तथा समिर लिम्बू र कोषाध्यक्षमा मेनुका राजवंशी छन् ।

सम्बन्धित खबर