२०८१ जेठ ८, मङ्गलवार , ०२:४०:३९ बजे

Sajhamanch
'

युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक

बुधवार, वैशाख १९, २०८१

युरोपमा हरेक दिन झण्डै ४७ जना आप्रवासी बालबालिका हराउने गरेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । ‘क्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोप’ को नयाँ अनुसन्धानअनुसार विगत तीन वर्षमा ५० हजार जनाभन्दा धेरै बाल आप्रवासी बेपत्ता भएका देखिएको छ ।

अनुसन्धानका क्रममा अष्ट्रिया, जर्मनी र इटालीलगायत ३१ युरोपेली देशहरूमा पाइएको तथ्याङ्कअनुसार सन् २०२१ र २०२३ को अन्त्यसम्ममा कम्तीमा ५१ हजार चार सय ३३ जना शरणार्थी नाबालिग बेपत्ता भएका देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

अझ केही देशहरूमा अपर्याप्त कागजातका कारण वास्तविक सङ्ख्या पत्ता नलागेकाले अझै बढी सङ्ख्या हुन सक्ने जनाइएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी इटलीबाट २२ हजार आठ सय ९९ जना बालबालिका बेपत्ता भएका छन् । त्यसपछि क्रमशः अष्ट्रिया, बेल्जियम, जर्मनी र स्विट्जरल्याण्डबाट धेरै बालबालिका हराइरहेका छन् ।