२०८१ जेठ ७, सोमवार , ०३:०२:४५ बजे

Sajhamanch
'

छत्तीसगढमा सडक दुर्घटना : १० जनाको मृत्यु, २२ जना घाइते

सोमवार, वैशाख १७, २०८१

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको बेमेतरामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।यीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

‘बेमेतराको पाथर्रा गाउँका करिब ३० जना मानिस पारिवारिक समारोहबाट पिकअप गाडीमा चढेर फर्किरहेका थिए । कठिया गाउँ नजिकै अबेर रात सो पिकअप गाडी पहिलादेखि नै सडकमा रोकेर राखिएको एक ट्रकमा ठोक्कियो,’ जिल्ला अधिकारीले बीबीसीलाई भनेका छन् ।

नौ जनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका पनि छन् । यसबाहेक २२ जना गम्भीर घाइते भए ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई स्थानीय जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर चार जनालाई रायपुरस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

सम्बन्धित खबर