२०८१ जेठ ४, शुक्रवार , १०:५८:४१ बजे

Sajhamanch
'

विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु

आइतवार, वैशाख १६, २०८१

पश्चिम कम्बोडियास्थित एक सैन्य शिविरमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।प्रधानमन्त्री हुन मानेटले शनिबार फेसबुकमार्फत् विस्फोटमा परी सैनिकको मृत्यु भएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन्। कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विस्फोट’ बाट भएको बताएको छ।सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा भत्किएको एक तले भवन धुवाँमा डुबेको देखिन्छ भने नजिकैको गाउँका एक बासिन्दाले पनि झ्याल फुटेको तस्विर अनलाइनमा शेयर गरेका छन्। अन्य तस्विरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ।

दशकौँ लामो गृहयुद्धपछि गोलाबारुदले भरिएको कम्बोडियामा युद्धसामग्री दुर्घटना असामान्य होइन। यहाँ सुरक्षा मापदण्डको ढिलासुस्तीका कारण दुर्घटना हुने गरेको छ।विस्फोटपछि सार्वजनिक भएका तस्वीरहरूमा हतियारले भरिएको एउटा ट्रक विस्फोटका कारण पूर्णरूपमा क्षति भएको देखाइएको छ। विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि आंशिक क्षति पनि भएको छ।एजेन्सी

सम्बन्धित खबर