२०८१ वैशाख २४, सोमवार , ११:०८:४९ बजे

Sajhamanch
'

विश्वकप क्रिकेटअघि नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्नेछ ।नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ ।

हाल नेपाली टोली वेष्ट इन्डिजकै ‘ए’ टिमसँग घरेलु मैदानमा ५ खेल सम्मेलित टी–२० सिरिज खेल्दैछ ।नेपालले वैशाख १५ गतेबाट त्रिवि मैदानमा विश्वकपको तयारी स्वरुप घरेलु मैदानको खेल सकेपछि वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको छ ।

सम्बन्धित खबर