२०८१ वैशाख २३, आइतवार , ०१:१०:४२ बजे

Sajhamanch
'

नेटोले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसको कडा प्रतिक्रिया

बिहिवार, वैशाख १३, २०८१

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।

रुसी उप–विदेशमन्त्री सर्गेई र्‍याभकोभले यदि पोल्यान्डमा नेटोको परमाणु हतियारको सुविधा राखेमा त्यो सिधा रुस विरोधी कार्य हुने र ठूलो द्वन्द्व हुन सक्ने चेतावनी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले पोल्यान्डमा परमाणु हतियार तैनाथ गरेर रुसलाई नजिस्काउन पनि चेतावनी दिनुभएको छ ।

रुसविरुद्ध प्रयोग गर्न खोज्दा युक्रेनमा लडाइँको अवस्था आएको उदाहरण दिँदै रुसी उपविदेशमन्त्री र्‍याभकोभले परमाणु हतियार राख्दा पोल्यान्डले पनि ख्याल गर्नुपर्ने बताउनुभयो । परमाणु हतियारको तैनाथीले पोल्यान्डलाई सुरक्षित नभई असुरक्षित बनाउने रुसको चेतावनी छ । योबारेमा रुसले चाँडै नै आफ्नो योजना सार्वजनिक गर्ने पनि उपविदेशमन्त्रीले उल्लेख गर्नुभएको छ ।

पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले गएको सोमवार एक अन्तर्वार्तामा आफूहरूले बारम्बार संयुक्त राज्य अमेरिकासँग पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्ने सम्भावनाको बारेमा छलफल गरेको खुलासा गर्नुभएको थियो ।

सम्बन्धित खबर