२०८१ वैशाख २३, आइतवार , ०१:१०:३९ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बिहिवार, वैशाख १३, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/०१/१३

जिल्ला झापा भद्रपुर–६ बस्ने श्री सुरेन्द्र साफी (सदस्य नं. ११२८७८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल फागुन ८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर– ६ बस्ने निजकी श्रीमती शिलादेवी साफीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल चैत ५ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी भद्रपुर कार्यालय

बिहिवार, वैशाख १३, २०८१ | विज्ञापन

सम्बन्धित खबर