२०८१ वैशाख २३, आइतवार , १०:५७:४५ बजे

Sajhamanch
'

नेपाल आइपुग्यो वेस्ट इन्डिज ए क्रिकेट टोली

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेष्ट इण्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ ।

रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेष्ट इण्डिज ए टोली नेपाल आइपुगेको हो । वेष्ट इण्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ । अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

वेष्ट इण्डिज ए अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो । यसअघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।

सम्बन्धित खबर