२०८१ वैशाख २४, सोमवार , ०१:०४:०५ बजे

Sajhamanch
'

कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ

मङ्गलवार, वैशाख ११, २०८१

पोखरा । कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । दुर्लभ वन्यजन्तु नाउर झारलको मासु र हड्डीसहित काठमाडौँ गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामालाई कास्की प्रहरीले पावर हाउसबाट पक्राउ गरेको हो ।

उनको साथबाट १० किलो नाउर झारलको मासु र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । पक्राउ गरी थप अनुसन्धानको लागी वन कार्यालयमा पठाइएको शर्माले बताए ।

सम्बन्धित खबर