२०८१ वैशाख २४, सोमवार , ०२:४१:४३ बजे

Sajhamanch
'

३९ ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

मङ्गलवार, वैशाख ११, २०८१

झापा । झापामा ३९ ग्राम १० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।

बैतडी दशरथचन्द नगरपालिका-८ का २५ वर्षीय रोशन थापा पक्राउ परेका हुन्।उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।

उनी बिर्तामोर्ड नगरपालिका वडा-३ मा हिडडुल गरिरहेका थिए। शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर