२०८१ जेठ ५, शनिवार , ०१:४७:४२ बजे

Sajhamanch
'

रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आयोगको आग्रह

आइतवार, वैशाख २३, २०८१

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै, आयोगले प्रभावितको उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरूको जीवन रक्षा गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले आइतवार विज्ञप्ति जारी गर्दै रुस र युक्रेनबीच चलिरहेको युद्धका क्रममा युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत ३९ जना नेपालीहरूको मृत्यु भएको पुष्टि भइसकेको जनाएको छ ।

युद्धमा घाइते भई उपचाररत रहेकाको जीवन जोखिममा रहेकाले यथाशीघ्र उद्धारका लागि पहल गरिदिन भन्दै युद्ध प्रभावितका आफन्तहरू विगत १७ दिनदेखि काठमाडौंमा अनसनमा रहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि आयोगले जनाएको छ ।

सम्बन्धित खबर