२०८१ जेठ ५, शनिवार , ०१:५६:४५ बजे

Sajhamanch
'

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा कचनकवलका अधिकारीको मृत्यु

आइतवार, वैशाख २३, २०८१

झापा । झापामा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मेचीनगर-१५ स्थित ज्यामिरगढी– चन्द्रगढी सडकमा शनिबार साँझ साढे ७ बजेको समयमा गाहिनावारी सडक खण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे १ त ५३१९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै मे ११ प ९०२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका- २ निवासी २७ वर्षीय ज्ञान अधिकारीको मृत्यु भएको हो । घाइते अधिकारीलाई बिर्तासिटी हस्पिटल पुर्‍याएकोमा उपचारका क्रममा राति साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक अधिकारी कचनकवल २ का पूर्व जनप्रतिनिधि चन्द्रशेखर अधिकारीका कान्छा छोरा हुन् । यता ट्याक्टर , ट्याक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर