२०८१ वैशाख २१, शुक्रवार , १०:४३:५१ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइँदै

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । आज अप्रिल २२ तारिख, अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइँदैछ । सन् १९७० देखि हरेक वर्ष अप्रिल २२ मा पृथ्वी दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो । यो दिवसमा नेपालसहित विश्वका धेरै देशमा वातावरणको क्षेत्रमा काम गरिरहेका मानिस भेला भएर पर्यावरणीय अभियानको उत्सव मनाउँछन् । यस वर्ष पृथ्वी दिवसको अवसरमा प्लास्टिकजन्य प्रदूषणले मानव तथा पृथ्वीको स्वास्थ्यमा पार्न सक्ने असरबारे सचेतना फैल्याउने उद्देश्य राखेर विश्वभरि ‘प्लानेट भर्सेज प्लास्टिकु विषयमा केन्द्रित रहेर कार्यक्रम हुँदैछन् ।

सन् २०२४ को अन्त्यसम्ममा संयुक्त राष्ट्र सङ्घमा प्लास्टिकसम्बन्धी ऐतिहासिक सन्धिमा सहमति जुट्ने अपेक्षा भइराखेको सन्दर्भमा यस वर्षको पृथ्वी दिवस प्लास्टिकसम्बन्धी विषयमा केन्द्रित छ । बेलायतसहितका ५० भन्दा धेरै देशले सन् २०४० भित्रमा प्लास्टिकजन्य प्रदूषण अन्त्य गर्न आह्वान गरेका छन् ।

यसअघिका कार्यक्रमले जलवायु परिवर्तनदेखि विभिन्न प्रजातिको रक्षाको विषयका साथै स्वच्छ ऊर्जादेखि वृक्षारोपणका फाइदाजस्ता विभिन्न पर्यवरणीय मुद्दा समेटेका थिए ।

यसैबीच पछिल्लो समय वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण पृथ्वीको तापक्रम बढ्दै गएकामा विज्ञले चिन्ता व्यक्त गरेका छन् । मानव क्रियाकलापले नै पृथ्वीको अस्तित्व सङ्कटमा पर्दा यस्ता कार्यको न्यूनीकरणमा विश्वको ध्यान पर्याप्त मात्रामा जान नसकेको उनीहरूको भनाइ छ ।

सम्बन्धित खबर