२०८१ वैशाख २१, शुक्रवार , ११:०३:४० बजे

Sajhamanch
'

सन्दीपको मुद्दाको आज सुनुवाइ

सोमवार, वैशाख १०, २०८१

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सुनुवाइ हुने भएको छ।जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको हो।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो।साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ।

सन्दीपले जिल्ला अदालतको फैसलालाई चुनौती दिदै गरेको पुनरावेदन र जिल्ला सरकारी वकिलको कार्यालयले सजाय कम भएको भन्दै गरेको पुनरावेदनलाई एकै मुद्धाको रुपमा उच्च अदालत पाटनले सुनुवाई गरिरहेको छ।

सम्बन्धित खबर