२०८१ वैशाख २०, बिहिवार , ०८:४३:५९ बजे

Sajhamanch
'

जामुनवारी वन तथा सिमसार क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित

शुक्रवार, वैशाख ७, २०८१

कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका गिरी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

बिहीबार सम्पन्न निर्वाचनमा स्वतन्त्र प्यानलका गिरीले ४३१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिमान बोहोराले १४२ र एमालेका सीता अधिकारीले १९२ मत पाएका थिए ।

सो निर्वाचनमा स्वतन्त्रतर्फ सचिव पदका उम्मेदवार दीपक ओली २९८ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका यशकुमार अधिकारीले २२१ र एमालेका दीपक बोहोराले २१५ मत पाएका छन् । उपाध्यक्ष पदमा भने एमालेका रेनुका खवास विजयी भएकी छन् ।

सो पदमा स्वतन्त्रबाट उम्मेदवार बनेकी चन्द्रा बुढाथोकीले २२७ मत पाउँदा कांग्रेसका तारा कोइरालाले २२१ मत ल्याएका थिए ।

सम्बन्धित खबर