२०८१ वैशाख १९, बुधवार , १०:०८:४८ बजे

Sajhamanch
'

फरक-फरक अस्पतालमा महिलाले जन्माइन् जुम्ल्याहा, जुम्ल्याहाको उमेरमा २२ दिनको अन्तर

शुक्रवार, वैशाख ७, २०८१

 एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती दुई बच्चाको जन्म पनि दुई फरक अस्पतालमा भएको छ।

डाक्टरहरुलाई समेत अचम्ममा पारेको यो घटना बेलायतमा भएको हो । कायले डायल नामकी महिलाले ती जुम्ल्याहालाई जन्म दिएकी हुन् । उनले भनेकी छिन् स् अहिलेसम्म मैले बेलायतमा एउटा पनि यस्ती महिला भेटेकी छैन जो २२ दिनसम्म लड्न सकून् ।मेट्रो डट को डट युकेका अनुसार सन् २०२० मा डायल गर्भवती भएकी थिइन् । उनी पूर्णरुपमा स्वस्थ थिइन् । तर त्यसपछि उनमा स्वास्थ्य समस्या देखियो । तत् पश्चात् उनले एक अस्पतालमा पहिलो बच्चा जन्माइन् सामान्य प्रसूतिबाट । त्यसबेला डाक्टरहरुले उनको पेटमा रहेको दोश्रो बच्चा बाँच्ने सम्भावना निकै कम रहेको बताएका थिए ।

उनले केही घण्टामै अर्को बच्चालाई जन्म दिने बताइएको थियो । तर उनको स्वास्थ्यमा सुधार आयो । त्यसैले २२ दिनपछि मात्रै एक अर्को अस्पतालमा शल्यक्रियाबाट दोश्रो बच्चा जन्माइन् । ती जुम्ल्याहा बीचको जन्मदिनको अन्तरलाई लिएर डाक्टरहरु पनि तिनछक परे ।डायल भन्छिन्, ‘आफ्नो पहिलो बच्चालाई जन्म दिएपछि डाक्टरहरुले मलाई तपाइँ घर जानसक्नुहुन्छ भन्दा म अचम्ममा परेँ । आजसम्म मैले बेलायतमा यस्तो कुनै महिला भेटेकी छैन जो २२ दिनको अन्तरालई झेल्न पाए । मलाई एउटा फरक अस्पतालमा अर्कै डाक्टरकोमा पठाइयो ।

दुई बच्चाको जन्मको बीचको समयमा मेरो दैनिक स्वास्थ्य जाँच भैरहन्थ्यो । ती हरेक दिनहरु इसरी बितिरहेका थिए कि मलाई वास्तवमा ती क्षणहरु सपना जस्तै लाग्दथे । जब दोश्रो बच्चा एस्ट्रो जन्मियो तब मलाई विश्वास नै भैरहेको थिएन कि ऊ त्यति लामो समयसम्म कसरी जिवित रहन सक्यो ।’अहिले दोश्रो बच्चा २ वर्षको भैसकेको छ । उसको मुटुमा प्वाल छ र आँखामा पनि समस्या छ । तर दुःखको कुरा, दोश्रो बच्चा जन्मिएको दुई हप्तापछि पहिलो बच्चा आर्लोको मृत्यु भएको थियो । एजेन्सी

सम्बन्धित खबर