२०८१ वैशाख १९, बुधवार , ०७:०६:५० बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो

शुक्रवार, वैशाख ७, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय ८३ रनमा अलआउट भयो ।

पञ्जाबले १४ रन जोड्दा पहिलो क्रमका ४ खेलाडी गुमाएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । सूर्य कुमारले ७८ रन तथा रोहित शर्माले ३६ रन बनाए ।७ खेलमा मुम्बईको यो तेस्रो जित हो । मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा छ । समान खेलमा पञ्जाब ४ अङ्कसहित नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन् ।यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे लखनउमा शुरु हुनेछ ।

सम्बन्धित खबर