२०८१ वैशाख १९, बुधवार , ०३:४२:३४ बजे

Sajhamanch
'

दक्षिण कोरिया : कृषि क्षेत्रमा संलग्न परिवारको सङ्ख्या १० लाखभन्दा तल झर्‍यो

बिहिवार, वैशाख ६, २०८१

दक्षिण कोरियामा कृषि क्षेत्रमा संलग्न परिवारको सङ्ख्या पहिलो पटक १० लाखभन्दा तल झरेको छ । तथ्याङ्ग कार्यालय दक्षिण कोरियाकाअनुसार कृषि क्षेत्रमा संलग्न परिवारको सङ्ख्या गएको वर्ष अर्थात् सन् २०२३ मा १० लाखभन्दा कममा झरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको वर्ष कृषि पेशामा जोडिएका परिवारको सङ्ख्या दुई दशमलव ३ प्रतिशतले घटेको छ । सन् १९४९ मा तथ्याङ्ग राख्न थालेयता पहिलो पटक कृषिसँग जोडिएको परिवारको संङ्ख्या १० लाखभन्दा तल झरेको हो । दक्षिण कोरियामा युवाको सङ्ख्याभन्दा बुढ्यौली जनसङ्ख्या धेरै भएकाले खेती छाड्ने परिवारको सङ्ख्या बढेको खबरमा उल्लेख छ ।

दक्षिण कोरियामा कुल जनसङ्ख्याको ४ प्रतिशत अर्थात् २० लाख ८९ हजार जना कृषि पेशामा आवद्ध छन् । कुल किसान परिवारका सदस्यमध्ये सबैभन्दा बढी ३६ दशमलव ७ प्रतिशत ७० वर्ष वा ७० वर्षभन्दा बढी उमेरका छन् ।

त्यसपछि ६० वर्ष उमेर समूहका ३० दशमलव ७ प्रतिशत र ५० वर्ष उमेर समूहका १४ दशमलव ९ प्रतिशत छन् । दक्षिण कोरियामा सन् २०२३ मा देशको कुल वृद्ध जनङ्ख्याको वृद्धिदर १८ दशमलव २ प्रतिशत भन्दा धेरै थियो ।

सम्बन्धित खबर