२०८१ वैशाख १८, मङ्गलवार , ११:५२:०८ बजे

Sajhamanch
'

आँधी र बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त

बिहिवार, वैशाख ६, २०८१

घातक आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध छन् । धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु समस्यामा परेका छन् ।दुबई अन्तर्राष्ट्रिय विमानस्थलले निक्कै ठूलो चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ । हिजो दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ सय ९० उडान रद्द भएका थिए । त्यस्तै चार सय ४० भन्दा धेरै उडान ढिला भएका थिए ।

दुबईमा मुख्यालय रहेको प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स इमिरेट्सले आजसम्म यात्रुहरुका लागि चेक–इन स्थगित गरेको जनाएको छ । सकेसम्म छिट्टै उडान सञ्चालन गर्ने प्रयास भैरहेको एयरलाइन्सका अधिकारीले जनाएका छन् । विमानस्थलमा ट्याक्सीको लामो लाइन लागेको छ ।अस्तिको मुसलधारे वर्षा र बाढीले प्रभावित वित्तीय केन्द्र दुबईका ठूला राजमार्ग पनि बाढीले अवरुद्ध भएका छन् । युएई, ओमान, बहराइनलगायतका देशमा पछिल्लो आँधीले बालबालिकासहित २० जनाभन्दा धेरैको ज्यान गएको छ । विज्ञहरुले चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको बताएका छन् । यूएईमा अस्ति ७५ वर्षयताकै ठूलो पानी परेको हो ।एजेन्सी

सम्बन्धित खबर