२०८१ वैशाख १९, बुधवार , ०३:३५:३१ बजे

Sajhamanch
'

लागूऔषधसहित चार जना पक्राउ

बुधवार, वैशाख ५, २०८१

झापा । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका ताप्लेजुङ फक्ताङलुङ–५ का २५ बर्षीय बिशाल लिम्बूको साथबाट दुई ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

उता सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को ३५ प ५५३४ नम्वरको मोटरसाईकल चालक कोशी गाउँपालिका-१ का २३ बर्षीय सुभाषकुमार यादबलाई २८ ग्राम ब्राउन सुगरसहित प्रदेश १–०२–०४७ प ४७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका रामधुनी–३ का सबिन चौधरी, कोशी गाउँपालिका–१ का १९ बर्षीय रन्जनकुमार यादवलाई एक ग्राम २० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर