२०८१ वैशाख १९, बुधवार , ०१:३३:३१ बजे

Sajhamanch
'

कमल गाउँपालिकाको ६६ किलोमिटर सडकमा कालोपत्र

बुधवार, वैशाख ५, २०८१

कमल । झापाको कमल गाउँपालिकामा पूर्वाधार विकास अन्तर्गत सडक निर्माणले फड्को मारेको छ ।

स्थानीय सरकार बनेको ७ वर्षे अवधिमा पालिकाभित्रका कूल ६६ किलोमिटर सडकमा कालोपत्र गरिएको हो । पालिकाको आन्तरिक स्रोतबाट ४१ किलोमिटर तथा संघ र प्रदेशको समपूरक कोषबाट २५ किलोमिटर सडक कालोपत्र भएको बताइएको छ ।

त्यस्तै, गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्र ५ हजार ९९५ मिटर सडकमा कोलोपत्र गर्ने लक्ष्य लिएर काम शुरु गरेको छ ।

जसमध्ये हालसम्म २ हजार १८१ मिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी सडक आर्थिक वर्षको अन्त्यसम्ममा कालोपत्र भइसक्ने गाउँपालिकाले जनाएको छ ।

कालोपत्र गर्नेक्रममा वडा नम्बर २ को छाता चोकदेखि सुनारासम्मको १ हजार ७ सय ७ मिटर सडकमा तयारी गरिएको छ ।

गाउँपालिकाका इञ्जिनियर सागर यादवका अनुसार क्याम्पादेखि समयगढसम्मको १ हजार ७ सय ७ मिटर सडक दुवैतर्फ पक्की नालासहित निर्माण भइरहेको छ ।

विकासको पहिलो आधार सडक भएकाले सो पालीकाले सडक विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।

सम्बन्धित खबर