२०८१ पौष ११, बिहिवार , ०७:५७:२८ बजे

Sajhamanch
'

इजरायलमा अध्ययनरत १० नेपाली हमासको आक्रमणमा मारिएको पुष्टि

सोमवार, असोज २२, २०८०

झापा । हमासले इजरायलमाथि गरेको बम हमलामा परेका १७ जना नेपाली विद्यार्थीहरुमध्ये १० जनाको मृत्यु भएको र १ जना सम्पर्कविहिन भएको इजरायल स्थित नेपाली दुतावसले पुष्टि गरेको छ।

५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट अस्ति शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् भने धेरैजना सम्पर्कविहीन छन् ।

इजरायल स्थित नेपाली दुतावसले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेहरुमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

इजरायलमा कृषि विषय अध्ययनरत सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्कविहिन भएको परराष्ट्रमन्त्री एनपी साउदले शनिबार प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।

मन्त्री साउदले इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरुको उद्वारका लगि समन्वय संयन्त्र स्थापना गरेर नेपालीहरूको अवस्था पहिचान, उद्दारको कार्य अघि बढाइएको पनि अवगत गराएका छन् ।

सम्बन्धित खबर