२०८१ पौष २३, मङ्गलवार , १२:३९:३२ बजे

Sajhamanch
'

मेचीनगरमा भारत लगायत विभिन्न देशबाट आएका १९ जना क्वारेन्टाइनमा

बुधवार, चैत १२, २०७६

मेचीनगर । कोरोना भाइरस ( कोभिड १९) का कारणले गर्दा सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनेपछि भारत लगायत विभिन्न राष्ट्रबाट आएका मानिसहरू क्वारेन्टाइनमा बसेका छन् ।

विश्वभरि फैलिएको कोरोनाको संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेशनमा राखेर उपचार गर्नु पर्ने हुन्छ भने संक्रमितको सम्पर्कमा रहेका तर संक्रमण पुष्टी नभएका र कोरोना संक्रमण भएका देशबाट आएका व्यक्तिहरुलाई १४ दिनका लागि क्वारेन्टाईनमा राख्ने गरिन्छ ।

मेचीनगर नगरपालिकाले मेचीनगर नगरपालिका वडा नं।११ मा अवस्थित धाइजन स्वास्थ्य चौकीको भवनमा क्वारेन्टाइन लागि व्यवस्था गरेको छ ।३० जनाको क्षमता भएको सो स्वास्थ्य चौकीमा कतार र भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उक्त चौकीमा एकजना डाक्टर, दुई जना चौकीदार र दुई जना भान्सामा काम गर्ने कर्मचारीहरुको व्यवस्था गरिएको नगरपालिकाका कर्मचारी अशोक भेट्वालले बताए ।

स्वास्थ्य चौकीमा आवश्यक सामाग्री अभावका कारण क्वारेन्टाइनमा बसेका र आउने मानिसहरूको स्वास्थ्य परिक्षण गर्न समस्या भएको स्वास्थ्य चौकिका डा. रामनारायण यादब जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका मध्ये एक जनाले नगरपालिकाले खान बस्नका लागि राम्रै व्यवस्था गरेको जानकारी दिए ।

त्यस्तै आवश्यक पोसाक र प्राविधिक सामाग्रीको अभावमा आफ्नो ज्यानको बाजी राखेर सुरक्षा दिनु परिरखेको सुरक्षाका लागि खटिएका एक चौकीदार बताउँछन् ।

सम्बन्धित खबर