२०८१ मंसिर १२, बुधवार , ०२:५०:५७ बजे

Sajhamanch
'

प्रदेश सरकार कोरोनाको संक्रमण रोक्‍ने पूर्वतयारीमा जुट्यो: मन्त्री कार्की

आइतवार, चैत २, २०७६

धनकुटा । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार कोरोना पूर्वतयारीको लागि मंगलबारबाट मोरङको टाणी र उदयपुरको श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन स्थापना गर्ने बताएका छन्।

तेह्रथुमको वसन्तपुरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको सञ्चारकर्मीको क्षमता विकास तालिमको उद्घाटन गर्दै मन्त्री कार्कीले कोरोना भाइरसको संक्रमण रोक्न पूर्वतयारीमा जुटेको बताएका हुन्। उनले प्रदेश सरकार पत्रकार र जनतामैत्री रहेको दाबी गरेका छन्। सञ्चारकर्मीले पक्ष वा विपक्ष भएर गलत समाचार लेख्नु गलत प्रवृत्ति भएको बताए।

उनले पत्रकारले आतंक मच्चाउने समाचार लेख्न नहुने बताए। उनले प्रदेश सरकारले पत्रकारको सुरक्षाको ग्यारेन्टी गरेको र गरिरहने बताए। मन्त्री कार्कीले प्रदेश संरचनाको चर्को आलोचना भए पनि प्रदेश सरकारले उल्लेख्य काम गरेको दाबी गर्दै कानुन, जनशक्ति र आफ्नो अनुभवको कमिले केही काम नभएको बताए। उनले अहिले कानुन बनाएर मात्रै नहुने मानिस प्रभावित बनाउनुपर्ने जमाना आएको बताए। उनले प्रदेश सरकारले दुई वर्षमा १ सय ५ वटा स्थायी प्रहरी कार्यालय बनाएको बताउँदै १२ वटा जिल्ला प्रहरी कार्यालय भवन बन्न टेन्डर लागेको बताए। उनले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीमा १० वटा वोर्डर आउट निर्माण गर्ने बताए।

सम्बन्धित खबर