विर्तामोड । विर्तामोडमा जिल्ला स्तरीय हस्तलेखन प्रतियोगितामा अस्मिता बान्तबा राई र मिनु दास उत्कृष्ट भएका छन् ।अक्स्फोड एकाडेमी विर्तामोडले आयोजना गरेको प्रतियोगितामा ३६ वटा संस्थागत बिद्यालयका ३६१ जना विद्यार्थी सहभागी रहेका थिए।
गत पौष २० बाट शुरु छनौट प्रक्रिया बाट उत्कृष्ट जुनियर तर्फ २९ जना र सिनियर तर्फबाट ४४ जना माध्यमिक बिद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो। सिनियर तर्फबाट प्रतियोगितामा द्धितिय एन्थोन राई तृतीय सितल लामघादे र प्रतिस्ठा डाँगी,रिया दाहाल,निश्चय खड्का,साहेब मुर्मु र निलिसा नेपाल सान्त्वना भएका छन् ।
यस्तै जुनियर तर्फबाट क्रमश मिनु दास,सृष्टिका आचार्य ,युनिसा ठकाल,र रिजन निरौला ,ओसन नेङ्मवाङ्ग,प्रज्वल लिम्बू,प्रगती गुप्ता र श्रुति लिम्बू सान्त्वना भएका छन् । बिजेता ,उपबिजेताले नगद ५ हजार,३ हाजर,२ हजार र १ हजार सहित प्रमाणपत्र,ट्रफी र मेडल प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम् उप- प्रमुख प्रसाईले बालबालिका लाई रचनात्मक बनाउन भुमिका खेल्ने र उनिहरुका आन्तरिक क्षमता लाई अझ ससक्त बनाउने निकाएको प्रशंसा गर्दै,बिर्तामोड नगरपालिकाले बालबालिका लाई बिशेष महत्त्वका साथ सम्बोधन गर्ने बताइन।उनले केही कानुनी कुरालाइ हलगर्दै आगामी दिनमा सबै संग छलफल र सहकार्य गर्दै काम गर्ने उल्लेख गरिन।
एकाडेमीका संचालक रुद्र मैनालीको अध्यक्षता रहेको कार्यक्रममा जीवन पनेरुले शुभकामना राखेका थिए। कार्यक्रमको संचालन केशब मैनालीले गरेका थिए । छनौट प्रतियोगिताको निर्णायक राज कुमार चौधरी र शृजन शर्माले गरेका थिए ।