२०८१ मंसिर १२, बुधवार , ०९:४०:३९ बजे

Sajhamanch
'

काँकरभिट्टामा भोलिदेखि एसियन ग्रामिण पर्यटन महोत्सव

शनिवार, माघ २५, २०७६

विर्तामोड । काँकरभिट्टामा भोलिदेखि (माघ २६ देखि) छ दिवसीय एसियन ग्रामीण पर्यटन महोत्सवको हुने भएको छ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सव उद्घाटनका लागि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई आउने भएका छन् । समितिका अध्यक्ष अर्जुनकुमार कार्कीले भारत र भूटानबाट समेत स्टल आउने र कुनै पनि स्टल अवलोकन गर्न शुल्क नलाग्ने जानकारी दिए ।

महोत्सवमा भारतको सिक्किमका मुख्यमन्त्री पीएस गोलले शुभकामना सन्देशसहित प्रतिनिधिमण्डल पठाउने भएका छन् भने बेलायतको फोक्सटन सिटीका मेयर एक प्रतिनिधिमण्डलसहित सहभागी हुने निश्चित भएको अध्यक्ष कार्कीले बताए ।

काँकरभिट्टाको मुख्य रमणीय स्थान देवकोटा पार्कमा स्टल निर्माण गरिएको छ भने बसपार्कमा मेचीनगर नगरपालिकाले भब्य मञ्च निर्माण गरिदिएको छ । वीपी पुष्पलाल बाटिका नजिक तारामण्डलको स्टल राखिने र त्यहाँ भने सामान्य शुल्क लाग्ने आयोजकको भनाई छ ।

सम्बन्धित खबर