२०८३ जेठ १८ सोमवार , ०४:४८:१० बजे

Sajhamanch
'

विश्वकप फुटबलमा गोलकिपर रणनीतिक ‘टाइमआउट’ प्रतिबन्ध

सोमवार, जेठ १८, २०८३

काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा गोलकिपर रणनीतिक ‘टाइमआउट’ प्रतिबन्ध हुने भएको छ । अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू प्रशिक्षकसँग सल्लाह गर्न ‘प्राविधिक क्षेत्र’ मा जान नपाउने भएका हुन् ।

फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक ‘टाइमआउट’ लाई रोक्न नयाँ नियम ल्याएको बताएका छन् । पछिल्ला वर्षहरूमा ‘गोलकिपर रणनीतिक टाइटआउट’ निकै चर्चा र विवादको विषय बनेको छ ।

यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आईएफएबी) ले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रोटोकल परिवर्तन गर्ने प्रस्तावलाई पनि स्वीकृति दिएको छ जसअनुसार बल प्रहार गर्नुअघि कर्नर वा फ्री–किकमा हुने फउललाई रिभ्यु गर्न सकिनेछ ।

२३औँ संस्करणको फिफा विश्वकप यही जेठ २९ गतेदेखि मेक्सिको, अमेरिका र क्यानडामा संयुक्त रूपमा शुरू हुँदैछ । पहिलो पटक विश्वकप ३ वटा देशले संयुक्त आयोजना गरेका हुन् । यस पटकदेखि ४८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीलाई १२ वटा समूहमा छुट्याइएको छ ।